सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • गृहपृष्ठ
    • मुख्य खबर
    • मध्य नेपाल
    • समाचार
    • प्रवास
    • राजनीति
    • अन्तर्वार्ता
    • शिक्षा
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • चितवन बजार

‘ज्ञानेन्द्र शाही घटना’अनुसन्धान गर्न चितवन प्रहरीद्धारा समिति गठन

  •  Mid Nepal News, १३ आश्विन २०७६, सोमबार ११:५० 
  • चितवन

    असोज १३-भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो । “के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ”, मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा दोषीलाई कारवाही गर्न सहज हुने उनले बताए ।

    शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको थियो ।

    सो घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरु लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । महानगरको उजुरी साइबर क्राइम ब्यूरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको मल्लले जानकारी दिए । रासस

    Share this post
    ShareTweet

    तपाइँको प्रतिक्रिया

    ताजा अपडेट

    बाला नलाग्ने समस्या देखिएको गरिमा धानमा बाला लाग्न शुरु
    सुनको मूल्य निरन्तर ओरालो लाग्दै
    महरा प्रकरण – घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद
    • “सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्छ” :- गगन थापा
    • सभामुख कृष्णबहादुर महराले दिए राजीनामा (विज्ञप्तीसहित)
    • सभामुख महराले राजीनामा दिने तयारी
    • सभामुख महराले यौन दुर्व्यवहार गरेको घट्नाबारे शीर्ष नेताहरु छलफलमा, गृहमन्त्री सक्रिय

    संबन्धित समाचारहरु

    बाला नलाग्ने समस्या देखिएको गरिमा धानमा बाला लाग्न शुरु
    सुनको मूल्य निरन्तर ओरालो लाग्दै
    महरा प्रकरण – घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद
    “सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्छ” :- गगन थापा
    सभामुख कृष्णबहादुर महराले दिए राजीनामा (विज्ञप्तीसहित)
    सभामुख महराले राजीनामा दिने तयारी
    ©  2018 Midnepal News  |  All rights reserved. |